Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने


1.4K
Shares

नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने

काठमाण्डौ, ५ माघ । नेकपाले अग्नी सापकोटालाइ सभामुखको उम्मेदवार बनाउने लगभग पक्का भएको छ । आज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

दुइ अध्यक्षबीचमा यस्तो सहमति भएको भएपनि यो बिषयको अन्तिम टुङ्गो भन सचिवालय बैठकले गर्ने छ । सापकोटाको नाममा औपचारिक रुपमा सहमति जुटाउन नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ ।

संसद सचिवालयका एक महिला कर्मचारीलाइ बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पुर्व सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएसंगै सभामुख पद रित्त थियो । नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन नसक्दा सभामुख चयनको प्रक्रिया लम्बिएको थियो ।

उपसभामुख डा. शिबमायाँ तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आउनुभएको बेला नेकपाले सापकोटाको नाम अगाडी सारेको हो । भोली प्रतिनिधिसभा बैठक बस्दै छ । भोलीको बैठकबाटै सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology