Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बैंकहरूले बिदामा फोकल पर्सन तोक्नुपर्ने


308
Shares

बैंकहरूले बिदामा फोकल पर्सन तोक्नुपर्ने

काठमाडौ, २८ असोज । नेपाल राष्ट्र बैंकले चाडपर्वको सार्वजनिक बिदाका निम्ति फोकल पर्सन तोक्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थालाई परिपत्र गर्दै दशैं, तिहार र छठ पर्वको सार्वजनिक बिदाको अवधिमा हुनसक्ने विद्युतीय अपराधसम्बन्धी घटनामाथि अनुसन्धानका निम्ति प्रहरीलाई तत्कालै सघाउन फोकल पर्सन तोक्न निर्देशन दिएको हो ।

जिम्मेवार सम्पर्क व्यक्ति तोकी निजको नाम, पद र मोबाइल नम्बर इमेल ठेगानालगायत विवरण प्रहरीलाई उपलब्ध गराउन भनिएको छ ।

सूचनामा उल्लेख छ, ‘सार्वजनिक बिदाको अवधिमा विद्युतीय माध्यमसम्बद्ध आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन र शंकास्पद खाता तथा कारोबार पहिचान गरी तत्काल रोक्का गरी अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न बैंक तथा वित्तिय संस्थाहरुले जिम्मेवार सम्पर्क तोकी निजको नाम, पद र मोबाइल नम्बर र २४ ७ अनुगमन हुने ड्युटी इमेल ठेगाना विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगानामा उपलब्ध गराइदिनुहुन यो सूचना जारी गरिएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology