Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इरानविरुद्ध परमाणु हतियार र स्थल सेना प्रयोग नगर्ने ट्रम्पको घोषणा


315
Shares

इरानविरुद्ध परमाणु हतियार र स्थल सेना प्रयोग नगर्ने ट्रम्पको घोषणा

काठमाडौं, ३० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध परमाणु हतियारको प्रयोग नगर्ने स्पष्ट पारेका छन् । यसका साथै, उहाँले इरानी भूमिमा अमेरिकी पैदल सेना स्थल सेना तैनाथ गर्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभएको छ ।

न्यूजम्याक्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले भन्नुभयो,म परमाणु हतियारको प्रयोग गर्ने छैन । हामीलाई त्यसो गर्नु पर्ने कुनै आवश्यकता नै छैन ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले ुमदर अफ अल बमुको पनि उल्लेख गर्नुभयो । सीएनएनको एक रिपोर्ट अनुसार, इरानमाथि हुन सक्ने सम्भावित आक्रमणका लागि यो अत्यन्तै शक्तिशाली बमको प्रयोगबारे विचार गर्न सकिनेछ । ट्रम्पले यसलाई गैर(परमाणु हतियारको रूपमा व्याख्या गर्दै भने, यो एउटा धेरै ठूलो बम हो, तर परमाणु बम भने होइन । यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकाले परमाणु निशस्त्रीकरणको मुद्दामा रुस र चीनसँग वार्ता गरिरहेको जानकारी पनि दिनुभयो ।

उल्लेखनीय छ कि अमेरिकामा चाँडै मध्यावधि निर्वाचन हुन गइरहेको छ । हालै गरिएका जनमत सर्वेक्षणहरूमा इरानसँगको तनाव र सम्भावित युद्धका कारण ट्रम्पको लोकप्रियता घटेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology