काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुनुभएको छ । शुक्रबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बाँकी पदाधिकारी र सदस्यको मतगणना आज दिउँसोबाट सुरु हुनेछ । महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गणना गर्न सबै मतपेटिका सिल गरी लगिएको छ ।
मतगणनाको प्रक्रिया अगाडि बढाउन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्ण उम्मेदवारहरूलाई बैठकका लागि बोलाएको समितिले जनाएको छ ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान कार्य शुक्रबार राति १० बजे सकिएको हो । महाधिवेशनमा देशभरि तथा जनसम्पर्क समितिबाट गरी कुल ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि बनेका थिए ।