Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आगामी निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : अध्यक्ष घिसिङ


343
Shares

आगामी निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : अध्यक्ष घिसिङ

 

काठमाडौं, २० असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्नुभएकको छ ।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्नुभएको हो । उहाँले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नभएर संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताउनुभयो । उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै उहाँले देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब छ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी समेत गरे। सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको घिसिङको भनाइ छ ।

अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology