Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कांग्रेस महाधिवेशन : रन्जित कर्णले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा


490
Shares

कांग्रेस महाधिवेशन : रन्जित कर्णले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा रन्जित कर्णले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष, संविधानसभा सदस्य तथा हाल राष्ट्रियसभा सदस्य रहेका कर्णले आफूलाई महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको हो ।

महामन्त्रीको संख्या थप गर्ने प्रस्ताव चलिरहेको बेला उनले उम्मेदवार दिने घोषणा गर्नुभएको हो । महामन्त्री पदका लागि आधा दर्जनभन्दा बढी आकांक्षी मैदानमा उत्रिएपछि कांग्रेसभित्र प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।

उहाँले कांग्रेसलाई परम्परागत ढर्राबाट अघि बढाउने नभई संगठनात्मक सुधार र नयाँ राजनीतिक संस्कारमार्फत रूपान्तरण गर्ने एजेन्डा अगाडि सारेको बताउनुभयो । कर्णले भन्नुभयो ,‘मेरो उम्मेदवारी पदका लागि मात्र होइन,पार्टीको संगठन सुधार, नयाँ राजनीतिक संस्कार र जनतासँग कांग्रेसको सम्बन्ध पुनः स्थापित गर्ने संकल्प हो ।’

कर्ण १५ औँ महाधिवेशनमा मधेश प्रदेशबाट आफूले प्रतिनिधित्व गर्ने बताउनुभयो । यस अगाडि १२ औँ महाधिवेशनमा बिमलेन्द्र निधि कांग्रेसको शक्तिशाली पदमा मधेशबाट पुगेका थिए । कांग्रेसभित्र पदाधिकारीका आकांक्षी बढ्दै गएपछि पदको संख्या नै बढाउने प्रस्ताव अगाडि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology