Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चीनमा ‘कोरोना भाइरस’का कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो


2K
Shares

चीनमा ‘कोरोना भाइरस’का कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

चीनमा ‘कोरोनाभाइरस’का कारण थप १५ जनाको मृत्यु भएको छ । यो सँगै हुवान सहरबाट फैलिएको यो नयाँ भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२ सय ८७ जना संक्रमित भेटिएका छन् ।

हुवेइ सहरमा एकजना चिकित्सककै मृत्यु भएको छ । संक्रमण फैलँदै गएपछि लुनार नयाँ वर्षका महत्वपूर्ण समारोहहरु समेत रद्ध गरिएको छ । आवत–जावतमा प्रतिबन्ध लगाइएको सो सहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार शैया क्षमताको अस्पताल निर्माण भइरहेको अधिकारीहरुले जनाएका छन् ।

यो भाइरसको संक्रमण युरोपमा पनि फैलिएको छ । फ्रान्सका तीनजना र अष्ट्रेलियामा एकजना संक्रमित भेटिएका छन् । यसअघि, थाइल्यान्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुईरदुई र ताइनवानमा एकजना संक्रमित भेटिएका छन् । नेपालमा पनि एकजनामा कोरोनाभाइरस भटिएको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology