कामाडौ, १७ असोज । लामखुट्टे नियन्त्रणका लागि चिनियाँ स्टार्टअप फोटोन माट्रिक्स ल्याबले लिडार प्रविधिबाट लामखुट्टे पहिचान गरी लेजरमार्फत हावामै नष्ट गर्ने उपकरण बनाएको छ । उक्त उपकरण यो अक्टोबर महिनाभित्र बजारमा ल्याउने तयारी थालिएको छ ।
चीनको चियाङ्सु प्रान्तस्थित चाङचौमा रहेको कम्पनीले विदेशमा भएको क्राउडफन्डिङमा उक्त प्रविधि लोकप्रिय बनेपछि उपकरणको प्रि–अर्डर लिन थालेको छ। कम्पनीले प्रारम्भिक उत्पादन क्षमता प्रतिमहिना तीन हजारदेखि पाँच हजार युनिट हुने जनाएको छ ।
कम्पनीका बिक्री निर्देशक लरेन्स लेङका अनुसार पहिलो चरणका उपकरणहरू यो महिनाको अन्त्यतिर बजारमा पठाउने योजना बनाइएको छ । यो प्रविधि परम्परागत जाली, रसायन तथा कीटनाशकको विकल्पका रूपमा सेन्सर र लेजर प्रविधिबाट लामखुट्टे लक्षित भएको बताइन्छ ।