Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई साना अनुदानको टुक्रे व्यवस्थाले पुग्दैनस् प्रधानमन्त्री 


350
Shares

जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई साना अनुदानको टुक्रे व्यवस्थाले पुग्दैनस् प्रधानमन्त्री 

काठमाडौं, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले जलवायु संकटबाट प्रभावित अति कम विकसित तथा गरिब मुलुकहरूलाई ऋण वा साना अनुदानका टुक्रे कार्यक्रम नभएर पर्याप्त अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन विश्व समुदायसँग जोडदार माग गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको मुद्दालाई विश्व समुदायले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । सम्बोधन गर्ने क्रममा आफू सबैभन्दा कान्छो राष्ट्रप्रमुख हुनु मुख्य विषय नभएको उल्लेख गर्दै उहाँले असली मुद्दा ‘राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता’ भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री शाहले महासभामार्फत जलवायु वित्तको विद्यमान ढाँचाप्रति तीव्र असन्तुष्टि जनाउनुभयो । क्षतिपूर्ति कोष तथा हाल कायम रहेका वित्तीय संयन्त्रहरू अपर्याप्त र झन्झटिला रहेको उहाँको भनाइ थियो।

जलवायु संकटको मारमा परेका साना र कमजोर मुलुकहरूले वित्तीय पहुँचका लागि वर्षौंसम्म कागजी प्रक्रिया पूरा गरेर गुहार माग्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ुविपद्का बेला सहायता तत्काल उपलब्ध हुनुपर्छ, जलवायु न्यायको अर्थ आश्वासनमा होइन, व्यवहारमै देखिनुपर्छ,ु सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology