काठमाडौं,१२ भाद्र । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा ५।१ म्याग्निच्युडको भूकम्प गएको छ । चीन भूकम्प नेटवर्क केन्द्र सीईएनसीका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १स्१३ मिनेटमा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु २९।२३ डिग्री उत्तरी अक्षांश र १०५।२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १३ किलोमिटर गहिराइमा गएको सीईएनसीले जनाएको छ ।
हालसम्म भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे थप विवरण सार्वजनिक नभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।