Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

टर्कीमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा १८ को मृत्यु


1.9K
Shares

टर्कीमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा १८ को मृत्यु

काठमाडौं, ११ माघ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ ।

भूकम्पबाट टर्की्स्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् ।

टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।

टर्कीमा भूकम्प स्वभाविक मानिन्छ । सन् १९९९ मा यहाँ गएको भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology