Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पब्जी खेल्दाखेल्दै २७ वर्षीय युवकको मृत्यु


2.3K
Shares

पब्जी खेल्दाखेल्दै २७ वर्षीय युवकको मृत्यु

भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पब्जी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ ।

समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पब्जीको लत लागेको थियो। छोटकरीमा पब्जी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्याटल ग्राउण्डस् नामक उक्त खेल हिंसाजन्य सामग्रीमा आधारित छ। चिकित्सकहरूका अनुसार खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसाहरू तन्कन पुगेका थिए ।

जसका कारण रक्तसञ्चारमा अनियमितता उत्पन्न हुँदा हृदयघात भएको थियो। कक्षा १० सम्म पढेका हर्सल दुई वर्षअघिसम्म हाउसकिपिङको रुपमा कार्यरत थिए। पब्जीको लत लागेपछि उनी दुई वर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology