Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अभिनेत्री ऐश्वर्या र छोरी आरध्याको कोरोना रिपोर्ट नेगेटिभ


6.8K
Shares

अभिनेत्री ऐश्वर्या र छोरी आरध्याको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार नानावटि अस्पतालबाट डिस्चार्ज भएका हुन् । यसबारे अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराएका हुन् ।

अभिषेकले लेखेका छन, ‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।’

१३ जुलाईमा कोरोना संक्रमण देखिएका ऐश्वर्या र आरध्या १७ जुलाईमा अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology