काठमाडौ, २० असोज । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान काठमाडौं आइपुगेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको जनाएको छ ।
लामिछानेलाई कतार एअरवेजको बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै प्रहरीले पक्राउ गरेकाे हाे । यद्यपि उनले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरे लगत्तै हतकडी लगाएर बिमानस्थलबाट बाहिर निकालेको थियो । लामिछानेको हतकडी रुमालले छाेपेकाे थियाे भने मुखमा माक्स लगाएकाे थियाे ।
विमानस्थल ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियाे। ठूलो संख्यामा प्रहरी खटाइएको छ । पक्राउ परेका सिधै गौशाला प्रहरी वृतमा लगिएकाे छ । उनिमाथी थप अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।