गोरखा – गोरखा नगरपालिका-८ माथिल्लो खोलखोले गैरी चौतारामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृ”त्यु भएको छ। मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका-१ मसेलका ३० वर्षीय मोटरसाइकल चालक महेश बानिया रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार राति आरुघाटबाट गोरखातर्फ आउँदै गरेको ग प्र ०३००१ प ०८१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दु”र्घटना हुँदा मोटरसाइकल चालकबानिया गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनको टाउको र घाँटीमा चोट लागेको थियो।गम्भीर घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो। अस्पतालमा उपचार क्रममा उनको मृ”त्यु भएको प्रहरीले जनाएको छ।