Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी


7
Shares

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

 

काठमाडौँ, १९ कात्तिक । नेपाल प्रिमियर लिग ९एनपिएल० को आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको छ ।

जारी सिजनमा लुम्बिनी अपराजित छ । तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित हात पारेको छ भने वर्षाका कारण एक खेल रद्द भएको थियो ।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अङ्क बाँडेको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै पाँच अङ्कसहित लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ ।

जनकपुरले भने यसअघि चार खेल खेलिसकेको छ । दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको जनकपुर चार अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology