Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो


77
Shares

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो

काठमाडौँ, २० कात्तिक । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर सुदूरपश्चिम रोएल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले टोलीमा दुई परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा परेका छन् ।

सुदूरपश्चिमले भने टोलीमा एक परिवर्तन गरेको छ । शेरफान रदरफोर्डको स्थानमा थरिन्दु रत्नायकेले पहिलो रोजाइमा स्थान बनाएका छन् ।

प्रतियोगिताको १६औँ खेलका रूपमा रहेको यस खेलअघि दुवै टोलीले समान चार अङ्क जोडेका थिए । कर्णालीले तीन खेलमा दुई जित र एक हार बेहोरेको थियो भने सुदूरपश्चिमले चार खेलमा दुई जित र दुई हारको सामना गरेको थियो ।

गत संस्करणमा यी दुई टोलीबीच भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology