Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आईपीएल : पञ्जाबले चेन्नईलाई ११ रनले हरायो


2.7K
Shares

आईपीएल : पञ्जाबले चेन्नईलाई ११ रनले हरायो

काठमाडौं, १३ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो ।

पन्जाबको जितमा शिखर धवनले अविजित ८८ रन योगदान गरे । धवन प्लेयर अफ द म्याच भए । यसैगरी भानुका राजपाक्षले ४२ र कप्तान मयंक अग्रवालले १८ रन जोडे । बलिङतर्फ ड्वेन ब्राभोले २ विकेट लिए ।

चेन्नईको सुरुवात राम्रो थिएन । फर्ममा देखिएका रोबिन उथप्पा यो खेलमा १ रनमै आउट भए । त्यसपछि ऋतुराज गायकवाडले ३० रन बनाए । ऋतुराज आउट भएपछि अम्बाती रायडुले कप्तान रविन्द्र जडेजासँग मिलेर स्थिति सम्हाल्ने कोसिस गरे । तर तीव्र गतीमा रन बटुल्न खोज्दा रायडु ७८ रनमा आउट भए । रायडुले ७ चौका र ६ छक्का प्रहार गरे । जडेजा २१ रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology