Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य


371
Shares

महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य

काठमाडौं, ९ असोज । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८(२४ ले पराजित भएको हो ।

पहिलो हाफमा ३१(१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७(७ को जित निकाल्यो । नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो ।

नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो ।

नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो । यसअघि पुरुष करातेको कुमिते ८४ केजीमा तेन्जिङ शेर्पाले कास्य जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology