काठमाडौं, ४ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा सरकारको नाममा आएको भन्दै सबै नेपाली जनतालाई बधाई दिनुभयो ।
उहाँले विशेष अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गरेका छन् । ‘अन्ततः ललितानि वासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ ।
जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरूद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो। ।विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद१,’ शुक्रबार उनले सामाजिक सञ्जालमा भनेका छन् ।
विशेष अदालतले बिहीबार ललित निवासको व्यक्तिका नाममा रहेको जग्गा सरकारीकरण गरेको थियो। अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दिप बस्न्यात, पूर्वसचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गरेको थियो । गृहमन्त्री श्रेष्ठले अदालतको फैसला ऐतिहासिक भन्दै खुसी प्रकट गरेका हुन् ।