Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने अप्रेसन सेवा सुरु


2.9K
Shares

गोरखा अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने अप्रेसन सेवा सुरु

गोरखा, २८ माघ । गोरखा अस्पताल गोरखामा पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्न अप्रेसन सेवा सुरु भएको छ । अस्पतालमा शुक्रबारदेखि दुरबिन प्रविधिबाट पित्त थैलीमा रहेको पत्थरी निकाल्ने उपचार सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

गोरखा अस्पतालमा पहिलो पटक हिजो ३ जना बिरामीको पित्तथैलीको सफल शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. सिदार्थ खनालले जानकारी दिनुभयो ।

अस्पतालका सर्जन डा.प्रतिमा गौतम, डा.सुमोद कोइराला तथा एनेस्थेसयोलोजिस्ट डा.शम्भु अधिकारी सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमले पहिलो पटक गोरखा अस्पतालमा नै पित्त शैलीको सफल शल्यक्रिया गरेको हो ।

गोरखा नगरपालिका वडा नम्बर – १ का ५३ बर्षिय पुरुष, शहिदलखन गाउँपालिका वडा नम्बर – ८ की ५३ बर्षिय महिला र पालुङ्टार नगरपालिका वडा नम्बर – ८ का ४४ बर्षिय पुरुष बिरामीको पेटमा प्वाल पारेर दुरबिन प्रबिधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

अब गोरखाको सरकारी अस्पतालमै यस्तो सेवा सुरु भएसँगै बिरामीहरुले सहजै र सस्तो रुपामा थप उपचार सेवा पाउने डाक्टर खनालले बताउनुभयो । गोरखा अस्पतालमा बिरामी भएर आएका कतिपए बिरामीलाई अस्पतालले उपचार गर्ने सक्दैन भनेर बाहिरी जिल्लामा रेफर गर्नुपर्नै बाध्यता रहेको थियो’ उहाँले भन्नुभयो, “अब गोरखा अस्पतालमानै यस्तो दुरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने उपचार सेवा दिन सक्ने भएपछि बिरामीहरुलाई अन्य जिल्लामा रेफर गर्नुपर्ने बाध्यता हट्यो ।’’

गोरखा अस्पतालका मेडीकल सुपरीटेन्डेडको कार्यभार डा.खनालले सम्हालेपछि अस्पतालको सेवा सुबिधामा क्रमिक रुपमा सुधार र विकास हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology