Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने


4.2K
Shares

आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने

एजेन्सी १३, कात्तिक । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । आबुधाबीमा हिजोराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफमा पुगेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितपछि १२ खेलमा १६ अङ्क जोडेको मुम्बई आठ जितसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

बैंगलोर भने १२ खेलमा १४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । लिगमा आज चेन्नई सुपर किङ्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology