Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

यस्ता छन् लसुन खानुको फाइदा


4.6K
Shares

यस्ता छन् लसुन खानुको फाइदा

लसुनले खानालाई स्वादिष्ट बनाउने मात्र होइन सुन्दरता कायम राख्न पनि मद्दत गर्छ । भान्सामा प्रयोग हुने यो मसला कुनै औषधि भन्दा कम छैन । लसुन धेरै गुणकारी हुँदा पनि केही मानिसहरु यसको प्रयोग गर्दैनन् । किनकी लसुनबाट तिखो गन्ध आउँछ ।

आयुर्वेदमा लसुनको हजारौ उपयोग बताइएको छ । एंटीअक्सीडेन्ट्स र पोषक तत्वले भरिएको लसुनले मधुमेह, मुटुरोग, पेटको संक्रमण र मौसम परिवर्तन हुँदा लाग्ने रोगसँग बचाउँछ । लसुनमा क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन सी जस्ता तत्वहरु धेरै मात्रामा पाईन्छ । लसुनको प्रयोगले छाला र कपाल पनि राम्रो हुन्छ । रोगसँग लड्न लसुनले एंटीबायोटिकले जस्तै काम गर्न सक्छ ।

लसुनले शरिरमा रहेका स्वास्थ्यलाई हानी गर्ने ब्याक्टीरिया तथा परजीवीसँग लड्न सहयोग पु¥याउँछ । लसुनमा ट्युमर प्रतिरोधि तत्व रहेको हुन्छ । जसले क्यान्सरसँग लड्न भूमिका खेल्छ । लसुनको प्रयोगले निसन्तानको समस्या पनि समाधान गर्न सक्छ । स्तन क्यान्सरसँग लड्न लसुन सधै प्रयोग गर्न सकिन्छ ।

लसुनबाट सबै गुण प्राप्त गर्न प्रशोधित नभएर ताजा लसुन खानुपर्छ । ताजा लसुनमा मात्र रोग प्रतिरोधक क्षमता हुन्छ । लसुनबाट आउने तिखो गन्धबाट छुटकारा पाउनको लागी कफि, दही, दूध खान सकिन्छ । पेपरमिंट र चुइंगमको पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology