Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम


609
Shares

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ, ७ जेठ । नेदरल्याण्ड अर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए । उक्त क्रुजशिपमा हन्टा भाइरसको एन्डिस स्ट्रेन फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित सङ्क्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको चर्चा फैलियो ।

जहाजबाट बिचमा झरेका विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र उनीहरुको सम्पर्कमा आएकालाई कन्टयाक्ट ट्रेसिङ खोजी कार्य आज पनि जारी छ । यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेन्टिनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत जोखिमलाई कम तर सचेतनालाई गम्भीर रुपमा स्टेज चारमा लिदै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत निगरानी र नियन्त्रण प्रक्रिया सक्रिय बनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले आधिकारिकरुपमा बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, सिङ्गापुर र टर्कीलगायत १२ देशलाई सर्तक गराएको छ ।

जहाजमा अप्रिल ६ देखि लक्षण देखिन थालेको र अप्रिल ११ मा पहिलोपटक एक जनाको मृत्यु भएको थियो । सुरुमा सामान्य श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको ती व्यक्तिको मृत्युृपछि सङ्क्रमित भएको पुष्टि भएको थियो । जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपिडिसनका अनुसार गत अप्रिल २४ मा सेन्ट हेलेनामा ३० जना यात्रु ओर्लिएका थिए, जसमा डच दम्पती थिए ।

ती दम्पतीमध्ये श्रीमानको जहाजमै मृत्यु भएको थियो भने पछि श्रीमतीको पनि मृत्युृ भयो । जहाजबाट ओर्लिएपछि जोहोनेसवर्गमा एक सङ्क्रमितको मृत्यु, स्विटजरल्याण्डमा अर्को पुष्टि भएपछि मात्र हान्टा भाइरस भएको पुष्टि भएको हो ।

जहाजमा नभएकी एक महिलामा समेत शङ्कास्पद लक्षणहरु देखिएको छ र उनको परीक्षण गरिएको छ । क्यानाडामा समेत ब्रिटिस कोलम्बियामा आइसोलेसनमा रहेका क्रुज यात्रुमा सङ्क्रमण पुष्टि भएको छ र उनीसँग सम्पर्क आएकालाई आईसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology