Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इच्छाकामनाको नयाँ आधारभूत अस्पताल भवनबाट सेवा सञ्चालन


329
Shares

इच्छाकामनाको नयाँ आधारभूत अस्पताल भवनबाट सेवा सञ्चालन

चितवन, २२ असोज,  । चितवनको इच्छाकामना गाउँपालिका(४ कुरिनटारमा निर्माण गरिएको नयाँ आधारभूत अस्पतालबाट भवनबाट सेवा सुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले लामो समयको मेहनत र प्रयासपछि १५ शय्याको अस्पताल भवन निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९र८० बाट निर्माण थालिएको अस्पताल भवनको लागत १४ करोड ५० लाख रहेको छ । सुरुमा जग्गा सम्बन्धी विवादका कारणले निर्माणमा ढिलाइ भएको भए पनिपछि विवाद समाधान गरेर कामलाई गति दिइएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

‘सन्तोषी जेभी नुवाकोटले निर्माण गरेको भवनमा उपचारका लागि आवश्यक औजार उपकरणहरू जडानसमेत गरिएका छन् । अहिले पुरानो अस्पतालमा भएका उपकरणहरु मेसिनहरुबाट परीक्षण भइरहेको छ, अब नयाँ अस्पताल भएपछि संघ तथा प्रदेश सरकारबाट नयाँ मेसिनहरू ल्याएर सेवा दिन्छौं,’ पालिका अध्यक्ष गुरूङले भन्नभयो, ‘इच्छाकामनाका ग्रामिण भेगदेखि शहरी क्षेत्रका बिरामीलाई भरपर्दो सेवा उपलब्ध गराउने मूल उद्देश्य रहेको छ ।’

गाउँपालिकाको पुरानो भवनबाट सेवा लिँदै आएका सम्पूर्ण सेवाग्राही, बिरामीलाई अबदेखि नवनिर्मित भवनमा सेवा लिन सहज हुने विश्वास पालिकाले पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले बताउनुभयो  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology