Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रोजगारी बिदेशमा जाने युवालाई अब बिना धितो ऋण


3.8K
Shares

रोजगारी बिदेशमा जाने युवालाई अब बिना धितो ऋण

प्रदेश नम्बर २ सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो सहुलियत ऋण दिने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउनका लागि सम्झौता भएपछि अब रोजगारीका लागि बिदेश जानेहरुले बिना धितो सहुलियतमा ऋण पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरु पनि गरिसकेको छ। यसअघि एसबिआइ बैंकले पनि कर्जा दिन सुरु गरेको थियो । यो सेवा प्रभु बैंकले सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा रहेका वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ।

सिरहा, धनुषा र महोत्तरीमा चाहिँ एसबिआइ बैंकले उपलब्ध गराउने छ। बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोलिदिन्छ र राहदानी लिएर श्रमसम्झौता भएपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउँछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology