Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आजदेखि ११ वटा केन्द्रबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने


322
Shares

आजदेखि ११ वटा केन्द्रबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

काठमाडौं, २६ असोज । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो ।

नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ । संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपली भानु ग्यास, ललितपुरको हरिसिद्धि नेपाल र एचपी ग्यास, कलंकी गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्स सीताश्री ग्यास र सतुंगल श्रीमाया ग्यास रहेका छन् ।

यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ ।

त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास०, पेप्सीकोला ९सगर ग्यास० र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास लिन सकिने व्यवस्था मिलाइएको छ ।

यो साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ । असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् ।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ स् ३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको हो । साथै, तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology