Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अश्राङमा ४५० जना भन्दा बढीको सहभागितामा माओबादीको वडा स्तरीय प्रशिक्षण सम्पन्न


6.2K
Shares

अश्राङमा ४५० जना भन्दा बढीको सहभागितामा माओबादीको वडा स्तरीय प्रशिक्षण सम्पन्न

गोरखा, ३ बैशाख । नेकपा माओबादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका सदस्य स्थिरप्रसाद खनालले ०७४ को गल्तीलाई दोहो¥याएर आगामी यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हार्ने छुट नभएको बताउनु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ को वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार अश्राङमा सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । सदस्य खनालले माओबादीले जनयुद्ध जनआन्दोलन मार्फत लडेर ल्याएको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि यसपटकको स्थानीय तहमा जित अनिबार्य भएको बताउनुभयो ।

उहाँले गाउँगाउँको अधिकार सिहंदबार पु¥याउने माओबादीको एजेण्डा सार्थक भएपनि सरकारमा पार्टीको नेतृत्व नहुदा प्राप्त अधिकारको जनताले अनुभूती गर्ने गरी उपभोग गर्न भने नपाएको दावी उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश समितिका सदस्य लोकप्रसाद बन्जरा (अक्कल) ले माओबादीले सिंगो कम्युनिष्ट केन्द्र निर्माण गरेर अघि बढ्ने प्रण गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सफल हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको राष्ट्रिय आबश्यकताका कारण सत्तारुढ दलहरु गठबन्धन निर्माण गरेर बढीरहेको भन्दै प्रतिगमनको मतियारहरुलाई धुलो चटाउदै संबिधानको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सम्र्पक समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्तनाले निर्वाचनमा जित्नसक्ने उमेद्वारको छनोट गनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका काठमाण्डौ सम्र्पक समन्वय समितिका इन्चार्ज रामहरी श्रेष्ठ, नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष बिनोद पाण्डे, उपाध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ६ का वडापार्टी समितिकासचिव रन्जन रिमाल लगायतले भीमसेन थापा गाउँपालिकामा माआबोदीले नजितेसम्म बिकास नहुने भन्दै यस पटकको निर्वाचनमा जसरी पनि जित्नुपर्ने बताएका छन् ।

बक्ताहरुले भीमसेन थापा गाउँपालिकामा सत्ताको दुरुपयोग गरेर निर्वाचनको मुख पाईप र तारजाली निशुल्क बितरण गर्ने भन्दै काग्रेसले पार्टी सदस्यताको फर्म भराउदै भोट किन्ने कोसिस गरिहेको बताएका छन् । प्रशिक्षण कार्यक्रममा वडा नम्बर ६ का झण्डै ४५० जनाको सहभागिता रहेको वडापार्टी समितिका अध्यक्ष रनिल रानामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology