Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा


56
Shares

रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

काठमाडौँ,१७ कार्तिक ।  स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।

मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्‌सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको उहाँले बताउनुभयो ।

‘हाल बाढी प्रभावित २१ हजार ३ सय ९१ जनालाई कुल १४ वटा होल्डिङ सेन्टरबाट सेवा प्रदान भइरहेको छ । त्यसैगरी ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली र तथा शिविरमार्फत व्यवस्थापन गरिएको छ । १ सय ३९ जना मानसिक स्वास्थ्यका जनशक्तिहरुको सहयोगमा ९ हजार ३ सय ६८ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको छ,ु उहाँले भन्नुभयो ।

खोनपानीको १५ वटा नमुना संकलन गर्दा ५ वटामा दिशामा हुने किटाणु भेटिएपछि पानीलाई क्लोरिनेसन र शुद्धीकरणको अभियान चलाइएको छ । रसुवामा २१ हजार ६ सय, नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब १ लाख २ हजार मात्रा मुखले खुवाउने खोप खुवाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology