Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा राप्रपाद्धारा स्थानीय तह निर्वाचन लक्षित घरदैलो कार्यक्रम सुरु


3.4K
Shares

गोरखामा राप्रपाद्धारा स्थानीय तह निर्वाचन लक्षित घरदैलो कार्यक्रम सुरु

गोरखा, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले आगामी बैशाख ३० गते हुने  स्थानीय तह निर्वाचनलाई लक्षित गरी  घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्रपाले हिजोदेखी गोरखा नगरपालिका वडा नम्बर १ र २ मा कार्यक्रम गरेर घरदैलो कार्यक्रम सुरु गरेको पार्टीका जिल्ला उपाध्यक्ष भीषण अर्यालले जानकारी दिनुभयो ।

वडा नम्बर १ मा भएको घरदैलो कार्यक्रममा वडापार्टी अध्यक्ष राम पनेरु सहित जिल्ला उपाध्यक्ष अर्याल, जिल्ला पार्टीका सल्लाहकार मोहनलाल श्रेष्ठ, नगर अध्यक्ष रुद्रराज पाण्डे , सहसचिव अर्जुन बसन्यात, नगर उपाध्यक्ष सम्झना लामिछानेको सहभागिता रहेको थियो । त्यस्तै पार्टीले वडा नम्बर १ मा आगामी स्थानीय तहको निर्वाचनमा लागि उमेद्वार छनोट गरेको सो पार्टीले जनाएको छ ।

त्यस्तै पालुङटार नगरपालिकाको वडा नम्बर ४ पनि हिजो नै घरदैलो कार्यक्रम गरेको जनाइएको छ । त्यसै गरी गण्डकी गाउँपालिका ३, ७ र ८ मा पनि गण्डकी प्रदेश सदस्य अम्बिका रुपाखेती जिल्ला सदस्य रामचन्द्र दवाडी , गण्डकी गाउँ पालिका राप्रपा अध्यक्ष बद्री रेग्मी लगायतको सहभागितामा घरदैलो अभियान कार्यक्रम गरेको राप्रपाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology