सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रि समक्ष राजीनामा दिनु भएको छ । बिहीबार बिहान कञ्चनपुरमा रहनु भएको बास्कोटाले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाउनु भएको स्रोतले बताएको छ ।
बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उहाँ निकट स्रोतले बताएको छ।