Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चुम्बन गर्दा एक इन्च जिब्रो टोकेर चुँडाइदिएको आरोपमा एक महिला पक्राउ


3.8K
Shares

चुम्बन गर्दा एक इन्च जिब्रो टोकेर चुँडाइदिएको आरोपमा एक महिला पक्राउ

अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो टोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।

यो घटना गत २८ जनवरीमा भएको बताइएको छ । मिचिगनको सेन्टर लाइन स्थित ती पीडित पुरुषको कोठामा आपसी सहमतिमै चुम्बनको कार्य सुरु भए पनि महिलाले जिब्रो प्रयोग नगर्न भनेकी थिइन् । वेजजर्थले चुम्बन गर्दा आफ्नो मुखभित्रको जिब्रो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् ।

तर पुनः चुम्बन गर्दा उनले पहिलेकै गल्ती दोहोर्‍याएपछि वेजवर्थले रिसाएको टोकेको बुझिएको छ । उनलाई यस अपराधबापत् अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरिवाना हुने बताइएको छ । उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन् ।

यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology