Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ


5.8K
Shares

डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ

एजेन्सी, १३ जेठ । प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।

भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो समस्या कसरी निम्तियो भनेर कसैलाई पनि थाहा थिएन किनभने खासै त्यस्तो समस्या कतै पनि देखिएको थिएन । यस्तो समस्या छिमेकी गाउँ कतै पनि देखिएको पनि थिएन । आजित भएका गाउँलेले लोडसेडिङको समय याद गर्न थाले । लोडसेडिङ त सधैँ सूर्यास्त भएको केही घण्टापछि मात्रै हुने गर्दथ्यो । उनीहरुलाई यसमा शंका लाग्यो तसर्थ गाउँलेले अनुसन्धान गर्ने निधो गरे ।

विगतका हप्ताहरूमा प्रायजसो बिजुली गएपछि, एक रात गणेशपुरका धेरै बासिन्दाहरूले समस्याको जवाफ खोज्ने निर्णय गरे । सडकहरू घुम्दै हिँडिरहेका उनीहरु गाउँकै एक विद्यालयको आँगनमा पुगे जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका दुई प्रेमी–प्रेमिका भेट्टाए । उनीहरुलाई सोधपुछ गर्दै जाँदा प्रेमी इलेक्ट्रिसियन भएको पत्ता लाग्यो जसले प्रेमिकालाई प्रत्येक पटक भेट्न जाँदा रातको समयमा दुई तीन घण्टा लोडसेडिङ गर्ने गर्दथे । आफूहरु डेटिङमा रमिरहेको गाउँलेले नदेखू्न् भनेर यस्तो गरेको ती प्रेमीले बताए ।

हप्तौँसम्म पूरा गाउँलाई अन्धकारमा राखेको स्वीकार गरेपछि ती इलेक्ट्रिसियनलाई गाउँलेले कुटपिट पनि गरे । उनलाई सजाय स्वरुप पूरा गाउँ पनि घुमाइयो । तर यो घटनाको सुखद अन्त्य पनि भयो । यी दुईको गोप्य रोमान्सबारे पर्दाफास भएपछि गाउँका मुखियाले यी दुईको विवाह गरिदिने निधो पनि गरे ।

‘यी दुईको गाउँको मुखिया र गाउँलेको अगाडि विवाह भयो,’ स्थानीय मरार राम मुर्मुले ट्रिब्युन इन्डियालाई भने ।

स्थानीय प्रहरी अधिकारी विकास कुमार आजादका अनुसार विवाहले इलेक्ट्रिसियनलाई कानुनी झमेलाबाट जोगायो, उनीविरुद्ध कुनै आरोप दर्ता भएन स्थानीय प्रहरी अधिकारी विकास कुमार आजादले भने, ‘हामीले घटना बारे थाहा पाएका छौं तर उजुरी प्राप्त भएपछि मात्रै कारवाही गर्नेछौँ ।’साभार/रातोपाटी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology