Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सौर्यमण्डलका चार वटा ग्रह लहरै आकाशमा, नेपालबाट खाली आँखाले देखिने


7K
Shares

सौर्यमण्डलका चार वटा ग्रह लहरै आकाशमा, नेपालबाट खाली आँखाले देखिने

काठमाडौं, १४ वैशाख । सौर्यमण्डलका चार वटा ग्रह लहरै आकाशमा एकैसाथ देखिन थालेका छन् ।

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।

नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिनु भयो।

उहाँका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।

यी लामबद्ध भएका ग्रहलाई बिहान ३र४ बजेतिर देख्न सकिने शर्माले बताउनु भयो । तर, प्रकाश कम प्रदूषित भएको हुनुपर्नेछ ।

ग्रहलाई हेर्न प्रदुषण कम भएको स्थानबाट पूर्व–दक्षिण दिशाको एजिम्यूथकोण ९० डिग्री देखि १४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ४५ डिग्रीमा अवलोकन गर्नुपर्ने छ ।

निमित्त निर्देशक शर्माका अनुसार ग्रहलाई सजिलै चिन्न सकिनेछ । शुक्र ग्रह अरुको तुलनामा धेरै चम्किलो देखिन्छ भने मंगल ग्रह रातो रङको देखिनेछ ।

तर, यी ग्रहहरू पङ्तिबद्ध रहेता पनि एकै साथ चित्र लिन भने कठिन हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology