Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेपालले एकै ओभरमा २ विकेट गुमायो


1.4K
Shares

नेपालले एकै ओभरमा २ विकेट गुमायो

काठमाडौं,१९ फागुन । त्रिकोणात्मक टी २० आई सिरिज अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ । नेपालले तेस्रो ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको हो । २.३ ओभरमा भिभिएन किग्माको बलमा क्याचआउट हुनुअघि कुशल भुर्तेलले ८ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाएर आउट भए ।

त्यसपछि त्यसै ओभरको पाचौं बलमा आसिफ शेख बोल्ड आउट भए । जम्मा ८ बल खेलेका उनले एक चौकाको मद्दतमा ८ रन बनाए । उनीहरु आउट भएपछि क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा आएका छन् । त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology