गोरखा,२१ पुस । गोरखा सदरमुकामको बिद्यालय वरपरको क्षेत्र लागु पदार्थका दुश्र्यसनहरु बढेको भन्दै सामुदाकिय सेवा केन्द्र गोरखाले आज ब्यवसायीहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सदमुदाय साझेदारी कार्यक्रम अन्तरर्गत सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गोरखाको सहकार्यमा आयोजित ‘लागु औषध दुब्र्यसनी बिरुद्व अन्तरक्रिया कार्यक्रम’ ब्यवसायीहरु बिच अन्तरक्रिया गरेको हो ।
सदरमुकामको जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले अन्तरक्रियाको सहजिकरण गर्नुभयो ।
उहाँले सहभागी ब्यवसायीहरुलाई तत्कालको लागी बिद्यालयको पोशाकमा रहेका बिद्यार्थीहरुलाई सुर्ती तथा मदिरा जन्य पदार्थ बिक्री नगरिदिन आग्रह समेत गर्नुभयो ।
उहाँले सो अवशरमा ब्यवसायीले त्यस्तो कार्य गर्दा भोलीका दिनमा मदिरा ऐन २०३१ र सुर्ती पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसारको झेल्नु पर्ने कानूनी अडचका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सदरमुकाममा रहेको श्री शक्ति माध्यामिक बिद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बिद्यालय वरपर रहेको ब्यवसायीले त्यस्ता पदार्थ बिद्यार्थी हो भन्दाभन्दै नदिने हो भने समस्या समाधान गर्न झनै सहज हुने बताउनुभयो।
अन्तक्रिया कार्यक्रममा ब्यवसायीको तर्फबाट गोरखा नगरपालिका–६ शाक्तिचोकका कृण्णप्यारा श्रेष्ठले सुझाव राखेका थिए । कार्यक्रममा महेन्द्र ज्योति, बालमन्दिर, शक्ति, ओल्ड क्यापिटल र गोरखा बोर्डिङ प्रअ तथा प्रतिनिधी, वरपरका ब्यवसायीहरु र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक एवं केन्द्रका सचिव काजीराम श्रेष्ठले जानकारी दिनुभयो ।