Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको चुमनुब्री गाउँपालिकामा हिमपात


1.2K
Shares

गोरखाको चुमनुब्री गाउँपालिकामा हिमपात

गोरखा, १८ चैत्र । गोरखाको उत्तरी क्षेत्रमा हिउँ परेको छ । गोरखाको चुमनुब्री गाउँपालिको वडा नम्बर –१ स्थित सामागाउँमा हिजो दिउँसो वाट हिउँ पर्न थालेको सामागाउँ स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

निरन्तर हिमपात हुदा लार्केपासमा गएका पर्यटकहरु समस्यामा परेको र बाहिर आउजाउ गर्न समेत समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँ अहिले निरन्तर हिउँ परिरहेको छ । एक फिटसम्म हिउँ जमेको हुनाले बाहिरको वातावरण अत्यन्तै चिसो छ ।

सबै घरभित्र नै बसिरहेका छौ’। बाक्लो हिउँ परेका कारण लार्केपास गर्न पुगेको सबै पर्यटक बाटोमै रोकीन बध्य भएको उहाँले बताउनुभयो। सामागाउँ लगायतका उत्तरी क्षेत्रमा अझै पनि हिउँ पर्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology