गोरखा, ३० जेठ । जिल्ला समन्वय समिति गोरखाका नवनिर्वाचत प्रमुख मोहनबहादुर थापाले बिकास निर्माण भएको भष्ट्राचारको जालो चिर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पदभार ग्रहणपछि पत्रकारहरुसंगको कुराकानीमा उहाँले बिकासको बाधक भ्रष्ट्राचार भएकाले त्यसको न्युनिकरणका लागि समन्वय समितिको तर्फबाट भूमिका खेल्ने बताउनुभयो ।
नवनिर्वाचित गोरखा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख सहित सदस्यहरु
प्रमुख थापाले नेपालको संबिधान अनुसार जिल्ला समन्वय समितिको काम अनुमगनको मुख्य भएकाले अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित गोरखा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार
‘जिल्ला भित्रका नगरपालिका, गाउँपालिका, तथा प्रदेश र संधिय सरकार बिच समन्वय गरेर जनता हितमा बिकास र सम्बृद्धिको पक्षमा अघि बढ्ने मेरो योजना छ, उहाँले भन्नुभयो, जिल्लामा कहाँ कहाँ बिकास निर्माणका काम भइरहेका त्यसको सुस्म किसिमबाट त्यसलाई अनुगमन सुरु गर्छु ।’ उहाँले जनताको अगाडी जनताले अनुभूति हुने गरी आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।