Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो


77
Shares

एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो

 

काठमाडौं, १५ कात्तिक । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology