गोरखा २८, चैत । गोरखाको पालुङटार नगरपालिकाको उपमेयरमा नेकपा माओबादी केन्द्रका नगर समितिका कोषाध्यक्ष बिकास भट्टराईले दावी प्रस्तुत गर्नुभएको छ । यहीँ बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा भट्टराईले उपमेयरमा पार्टीको तर्फबाट आफ्नो उमेद्वारी दावी गर्नुभएको हो ।
पत्रकार महासंघ ललितपुर जिल्ला कार्यसमितिमा काम गरिसकेका पत्रकार भट्टराई सक्रिय पत्रकारीता छोडि पार्टी राजनीतिमा होमनु भएको छ। सक्रिय पत्रकारिता छोडि पालुङटार–२, खोप्लाङमा कृषी पेशामा आर्कषित भएका भट्टराई त्यस क्षेत्रका युवा नेताको रुपमा चिनिनुहुन्छ। राजनीति र कृषिलाई जोडेर पालुङटारको विकासमा उल्लेखनीय काम गर्न सक्ने उहाँको दावी छ ।
युवा भएकाले र नयाँ भिजन बोकेर अघि बढ्न आफु तयार रहेको भन्दै भट्टराईले आफूलाई बलियो दाबेदारको रुपमा पार्टीको बैठकमा प्रस्तुत गर्नुभएको बैठकमा सहभागी एक नेताको भनाई छ । उपमेयरमा भट्टराई संगै आशिष देवकोटा, सुमन आचार्य, केशव न्यौपाने, शर्मिला बगाले, निर्मला मल्ल, वन्दना पाण्डे, उषा पाण्डे र शंकरराज कंडेलको पनि दावी रहेको छ। उमेद्वार छनोटका लागि आइतबार नेकपा माओवादी केन्द्र, पालुङटार नगर समितिको सचिवालयको बैठक बसेको थियो ।