Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

केहीदिन कोरोना संक्रमण शुन्यमा झरेको गोरखामा फेरि संक्रमण बढ्न थाल्यो


2.1K
Shares

केहीदिन कोरोना संक्रमण शुन्यमा झरेको गोरखामा फेरि संक्रमण बढ्न थाल्यो

गोरखा २४, भदौं । केहीदिन अघि कोरोना संक्रमणको दर शुन्यमा झरेको गोरखामा फेरि संक्रमण बढ्न थालेको छ । बुधबार जिल्लाका ३ स्थानिय तहमा ११ जनामा संक्रमण पुष्टी भएको हो। जिल्लाको गोरखा अस्पताल, आरघाट र शहिद लखन गाउँपालिकामा थप ११ जनामा संक्रमण देखिएका स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आज संक्रमण देखिएका मध्ये प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त २१ जना महिला र २४ जना पुरुष गरी ४५ जनामा ७ जना र जिल्ला भित्रको विभिन्न स्थानमा गरिएको १३ जना महिला र ८ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ४ जना संक्रमण देखिएको छ ।

संक्रमण देखिएका मध्ये पीसीआर मार्फत आरुघाट गाउँपालिकामा ३ जना महिला र ४ जना एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा ३ जना पुरुष र शहिद लखन गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । बुधबार ११ जनामा संक्रमण देखिए संगै जिल्ला भित्र सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology