Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटारका ‘क’ वर्गका अपाङ्गता भएका जङ्गबहादुर घर्तीले पाए सुरक्षित आवास


147
Shares

पालुङटारका ‘क’ वर्गका अपाङ्गता भएका जङ्गबहादुर घर्तीले पाए सुरक्षित आवास

गोरखा २० साउन :  पालुङटार नगरपालिकाले वडा नं. ४ का ’क’ वर्गका पूर्ण अशक्त अपाङ्गता भएका जङ्गबहादुर घर्तीलाई नवनिर्मित आवास भवन बुधबार हस्तान्तरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ नगरपालिका घर निर्माण गरी घर्तीलाई हस्तारन्तरण गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

घर्तीलाई हस्तान्तरण गरिएको नवनिर्मित आवास भवनको कुल खर्च पाँच लाख त्रियासी हजार रुपैयाँ रहेको छ । जस्ताको छाना भएको उक्त घरमा बस्ने कोठा १, किचन १ र शौचालय १ को सुविधा रहेको छ । घर प्राप्त गर्ने जङ्गबहादुर घर्ती ’क’ वर्गका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ भने उहाँकी श्रीमती सुनिता घर्ती ’ख’ वर्गकी अपाङ्गता हुनुहुन्छ । नगरपालिकाको सहयोगमा भवन निर्माण भएपछि घर्ती परिवारमा खुशी छाएको छ ।

घर हस्तान्तरण कार्यक्रममा घर्तीले नगरपालिकाले आफुहरु जस्तो अपांगता भएका परिवारको दुःख हेरेर घर निर्माण गरिएकोमा खुशी व्यक्त गर्नुभयो । अहिलेसम्म घरबार विहिन भएर बस्नुपर्ने बाध्यता भएकोमा नगरपालिकाले आफुहरु जस्तै समस्यामा परेका नगरबासीलाई निरन्तर सहयोग गर्न पनि अपिल गर्नुभयो । ‘‘जग्गा थियो र आर्थिक अभावमा घर बनाउन सक्ने अवस्था नै थिएन, उहाँले भन्नुभयो, ‘‘अहिले ओत लाग्ने राम्रो घर पाएका छौँ अव यसलाई तारजाली गरेर सुरक्षित गर्न पाए हुन्थ्यो ।’’

घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख विवस चिन्तनले पालुङटार नगरपालिकाका सवै नगरबासीको सुःख दुःखमा साथ दिन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नगरभित्र रहेका घरबार विहिन भएका नागरिकलाई सुरक्षित आवासका व्यवस्थाका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा अगाडी बढाउदैँ लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology