Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बस र बलेरो एकआपसमा ठोक्किँदा ६ जना घाइते


343
Shares

गोरखामा बस र बलेरो एकआपसमा ठोक्किँदा ६ जना घाइते

गोरखा, १८ साउन :  गोरखा– आँबुखैरेनी सडकखण्डमा आज दिउँसो यात्रुवाहक बस र बलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गोरखा नगरपालिका–१३, स्थित पाँचकिलोमा सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ०७५८ नम्बरको बलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बलेरो चालक गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङका ३४ वर्षीय विवश विक, सोही स्थानका २७ वर्षीय शंकर विश्वकर्मा र १५ महिनाकी प्रभा विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी बसका चालक गोरखाको पालुङटार नगरपालिका–६ का ३० वर्षीय मिलन गुरुङ, गोरखा नगरपालिका–१३, देउरालीका ४२ वर्षीय कृष्णा राम नराल र पालुङटार नगरपालिका–९ का ६५ वर्षीय होमबहादुर बानियाँ दुर्घटनामा भएका छन् । घाइते सबैलाई उपचारका लागि तत्काल उद्धार गरी आँबुखैरेनी अस्पताल, तनहुँमा उपचारका लागि पठाइएको छ ।
डिएसपी श्रेष्ठका अनुसार बलेरो चालक विवश विकको छातीमा भित्री चोट लागेको छ । अन्य घाइतेहरुको अवस्था मध्यम रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology