गोरखा, २१ साउन — बुधबार रातिको अविरल वर्षाका कारण पालुङटार नगरपालिका वडा नम्बर १ कोलकोटेमा माथिबाट लेदोसहितको पहिरो झर्दा एक व्यक्तिको घरमा पूर्ण रूपमा क्षति भएको छ।
अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले स्थानीय बाबुराम थापाको १ तले घरमा लेदोसहितको पहिरो पूर्ण क्षति पुर्याएको हो । उक्त घर २०७२ को विनासकारी भुकम्पपछि निर्माण गरिएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई गएको थियो। घरधनी बाबुराम थापाको परिवार आफ्नै पुरानो घरमा बस्दै आएकाले घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको विवरण प्राप्त भएको छ। घटनास्थलमा सुरक्षा निकायको टोली परिचालन भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।