Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हेलिकोप्टर दुर्घटना परि ५ प्रहरीको मृत्यु


3.4K
Shares

हेलिकोप्टर दुर्घटना परि ५ प्रहरीको मृत्यु

एजेन्सी १७, जेठ । हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको मृत्यु भएको छ । कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको त्यहाँको सरकारी अधिकारीले बताएका छन् । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले पुष्टी गर्नुभयो । एक बिज्ञप्ति जारी गर्नुहुदै राष्ट्रपति डुकले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको उल्लेख गर्नुभएको छ ।

ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनु परेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology