गोरखा ३१ बैशाख । निषेधाज्ञा भरी गोरखा जिल्ला भन्दा बाहिरबाट तरकारी ढुवानीमा प्रतिबन्ध लगाईएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि भन्दै जिल्ला बाहिरबाट तरकारी ढुवानीमा रोक लगाईएको हो ।
जारी सूचनामा ‘गोरखा जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि निषेधाज्ञाको अबधीभर बाह्रय जिल्लाबाट तरकारी ढुवानी गर्न नपाइने उल्लेख छ ।