Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा फुट्दैन : उपाध्यक्ष बामदेव गौतम


4K
Shares

नेकपा फुट्दैन : उपाध्यक्ष बामदेव गौतम

काठमाण्डौ ६, मङ्सिर ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टी भित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो ।

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उपाध्यक्ष गौतमको भनाई छ । पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो ।

पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने भन्दै उहाँले मुलुक समृद्धिका मार्गमा अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology