Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

ओलीलाई प्रचण्डको जबाफ :अध्यक्ष, प्रधानमन्त्री छाड्नुस भनेर भारतले होइन मैले भनेको हो !


2.1K
Shares

ओलीलाई प्रचण्डको जबाफ :अध्यक्ष, प्रधानमन्त्री छाड्नुस भनेर भारतले होइन मैले भनेको हो !

काठमाडौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा र प्रचण्डबीच ओलीबीच बालुवाटार बैठकमा भनाभन भएको छ। जारी पार्टीको स्थायी समितिको चौथो दिनको बैठकमा दुई अध्यक्ष बिच भनाभन भएको हो ।

गत आइतबार आफुलाई भारतले हटाउन लागेको भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच चर्काचर्की नै भएको बैठकमा सहभागी एक सदस्यले बताएका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले जथभावी भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी गर्नुभएको थियो । उहाँले ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताउनु भएको स्रोतको भनाई छ ।

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भन्नुभयो ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गर्नुभएको थियो । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले, यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गर्दै भन्नुभयो ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिनु भएको थियो। ‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भन्नुभयो। बैठकमा सहभागीहरुले ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology