गोरखा–आरुघाट सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–१ ताप्लेमा एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको छ।
आरुपोखरी समाजद्वारा स्वास्थ्य चौकीअन्तर्गत सञ्चालित एम्बुलेन्स बिहीबार राति दुर्घटनामा परेको हो। दुर्घटनाका कारण एम्बुलेन्स सडकबाट तल खसेको भए पनि चालक सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार राति गोरखा नगरपालिका–१ ताप्लेमा भएको उक्त दुर्घटनामा आरुपोखरी समाजको स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परेर एम्बुलेन्स चालक सामान्य घाइते भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।