Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपाली जनप्रगतिशिल मञ्च जापानद्वारा जनवादी गायक जीवन शर्माको स्वागतमा बारबेक्यू आयोजना


1.3K
Shares

नेपाली जनप्रगतिशिल मञ्च जापानद्वारा जनवादी गायक जीवन शर्माको स्वागतमा बारबेक्यू आयोजना

सन्दिप सुनार

टोकियो २२ जापान । नेपाली जनप्रगतिशिल मञ्च जापानले जनबादी गायक जीवन शर्माको स्वागत तथा सम्मानमा नेपाली मैत्रिपूर्ण प्रगतिशील पिकनिकको ९बारबेक्यू० आयोजना गरेको छ ।

साँगीतिक कार्यक्रमका लागि जापान आएका सर्बप्रिय जनगायक शर्माको स्वागत तथा सम्मानमा जापानमा रहेका नेपालीहरुबीच पारस्परिक सद्भाव, भाइचारा, एकता र पुनर्मिलन गर्ने उद्देश्यले प्रगतिशील साँगीतिक कार्यक्रम सहित उक्त यही आउदो ९ तारिख आईतबारका दिन बारबेक्यू आयोजना गरिएको मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिनु भयो।

चिवाकेनको इचिकावा पार्कमा बिहान ११ बजेबाट साँझ ५ बजेसम्म हुने उक्त प्रगतिशील बारबेक्यू कार्यक्रममा उपस्थितिका लागि जापानमा रहेका जापानबासी मञ्च संबद्ध नेपालीहरुमा अपिल गरिएको मञ्चका महासचिव दावा शेर्पाले बताउनुभयो ।

त्यस्तै मञ्चका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक जनक सुबेदीले सर्वहारा जनताको मुक्तिका लागि आफ्नो जीवनकालभरि क्रान्ति र परिवर्तनको गीत गाउँदै आएका जनगायक जीवन शर्माको सम्मानमा भेटघाट तथा प्रगतिशील साँगीतिक कार्यक्रम सहितको बारबेक्यू कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा बारबेक्यू सँगै गायक शर्माका प्रगतिशील साँगीतिक प्रस्तुतीका साथै अन्य मनोरञ्जनात्मक साँगीतिक प्रस्तुती पनि रहने संयोजक सुबेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology